दफा
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार

प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक कुरामा मुख्य निकायको रूपमा रही कार्य गर्ने ।

(ख) विश्वविद्यालयमा हुने अध्ययन तथा अध्यापनको गुणस्तर, पाठ्यक्रम, परीक्षाको स्तर र किसिम, मूल्याङ्कन विधिहरू, शिक्षण सामाग्रीहरू, विद्यार्थी भर्ना सम्बन्धी संख्या र योग्यता निर्धारण गर्ने ।

(ग) अनुसन्धान सम्बन्धी नीति तर्जुमा गर्ने र अनुसन्धान कार्यक्रमहरूलाई स्वीकृति प्रदान गर्ने ।

(घ) विद्यार्थीहरूको शैक्षिक कार्यक्रमहरूको मूल्याङ्कन गर्ने ।

(ङ) शिक्षण र अनुसन्धानको स्तर निर्धारण गर्ने ।

(च) मानार्थ उपाधिहरूको व्यवस्था गर्ने ।

(छ) विभिन्न तहका निमित्त शिक्षकको न्यूनतम योग्यता तोक्ने ।